काठमाण्डु, १६ कात्तिक– अघिल्लो दिन १७ दशमलव ७५ अंकले घटेको नेप्से पुन बढेको छ । नेप्से आज मंगलबार २३ दशमलव ७६ अंकले बढेर २८ सय ४३ दशमलव ६२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८४ अंकले बढेर पाँच सय ३१ दशमलव ४२ अंकमा पुगेको छ ।
दुई सय ३० वटा कम्पनीहरुको ५९ हजार आठ सय ८१ पटकको कारोबारमा ९९ लाख ७७ हजार चार सय ८३ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब सात करोड ३७ लाख १६ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा आज तीनवटा समूहको सूचक घटेर १० वटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २३ अंकले घटेर १८ सय ९४ दशमलव ८० अंकमा झर्दा ट्रेडिङ र लगानी समूहको सूचक पनि घटेका छन् ।
यीबाहेक विकास बैंक समूहको सूचक भने एक सय ९१ दशमलव ३३ अंकले बढेर पाँच हजार छ सय ५६ दशमलव ८५ अंकमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५७ दशमलव ७३ अंकले बढेर १३ हजार एक सय ९८ दशमलव ६० अंकमा चढेको छ ।