सामलिङ्ग पावर कम्पनीको आईपिओ बाँडफाँट

काठमाण्डु टुडे २०७८ कार्तिक १६ गते १२:२० मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा मंगलबार बिहान भएको बाँडफाँटमा ६७ हजार ८ सय ९० जनाले १० कित्ताका दरले पाएका छन्। धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार गोलाप्रथाबाट कुल योग्य आवेदकमध्ये ३.१० प्रतिशतले शेयर पाएका हुन्।

कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले शेयरको बाँडफाँड कार्यक्रममा दोहोरो आवेदन दिएकामध्ये दोहोरो आवेदन र अन्य कारणबाट ९ हजार ९ सय ८६ वटा आवेदन रद्द भएको छ।

आईपीओमा आवेदन दिएकामध्ये २१ लाख ८८ हजार ७७८ वटा आवेदन सदर भएको थियो। जसमध्ये २१ लाख २० हजार ८ सय ८८ जना लगानीकर्ताको हात खाली भएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले जनाएको छ। जुन कुल योग्य आवेदकको ९६.९० प्रतिशत हुन आउँछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us