आज पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र

काठमाण्डु टुडे २०७८ कार्तिक १६ गते ११:१९ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– सर्वोच्च अदालतमा मंगलबार (आज) पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएका छन् । मंगलबार ६ वटा इजलास तोकिएकोमा सबैमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् ।

नेपाल बार एशोसिएसनले चोलेन्द्रलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ भने सर्वोच्चका अन्य न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाका लागि इजलासमा नबस्ने घोषणा गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई भने इजलासमा राखेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us