काठमाण्डु, १४ कात्तिक– आइतबार (आज) सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले (आज) आइतबार सुनको मूल्य घटेको बताएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, आजका लागि तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ ।