घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७८ कार्तिक १२ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– नेपाली बजारमा शुक्रबार सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको छ । गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ४०० रुपैयाँमा घटेर ९२ हजार रुपैयाँ झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा तोलामा ५ रुपैयाँले घट्दै आज एक हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us