काठमाण्डु, १० कात्तिक– नेप्से आज पनि उकालो लागेको छ । अघिल्लो दिन ७८ दशमलव ८२ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार पनि १८ दशमलव छ अंकले बढेर २७ सय ६९ दशमलव १३ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ४९ अंकले बढेर पाँच सय १६ दशमलव ५६ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको ७५ हजार छ सय १२ पटकको कारोबारमा एक करोड १५ लाख ९२ हजार दुई सय ३५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम छ अर्ब ६१ करोड २६ लाख ४८ हजार आठ सय ४० रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा आज चारवटा समूहको सूचक घटेको छ भने, आठवटा समूहको सूचक बढेको छ ।
लगानी समूहको सूचक भने आज स्थिर रहेको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव २६ अंकले बढेर १९ सय एक दशमलव ५५ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ७८ दशमलव २३ अंकले बढेर १२ हजार चार सय ८९ दशमलव १९ अंकमा चढेको छ ।
जीवन बिमा समूहको सूचक पनि तीन सय १७ दशमलव ७४ अंकले बढेर १५ हजार सात सय ६९ दशमलव ३३ अंकमा चढेकोमा फाइनान्स, ट्रेडिङ, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् ।
जलविद्युत समूहको सूचक पनि २० दशमलव ३८ अंकले घटेर २९ सय ५७ दशमलव ३० अंकमा झरेकोमा विकास बैंक, होटेल तथा पयर्टन र उत्पादनमुलक समूहको सूचक पनि घटेका छन् ।