काठमाण्डु, १० कात्तिक– बुधबार (आज) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । छापावाल र तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दा चाँदी भने तोलामा १५ रुपैयाँले घटेको हो ।
त्यस्तै, छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ छ । मंगलबार ९२ हजार ६ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।
बुधबार तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै, चाँदीको प्रतितोला कारोबार मूल्य बुधबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ ।