फुटबलर दीपा र लक्ष्मीले पाए गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट

काठमाण्डु टुडे २०७८ कार्तिक १० गते ११:२० मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वल्र्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् ।

दीपा र लक्ष्मी रले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए ।

प्रतियोगिता जोर्डनमा समुन्द्री सतहभन्दा ३२० मिटर तलको स्थानमा आयोजना भएको थियो । जहाँ, नेपालसहित अफगानिस्तान, फ्रान्स, स्पेनलगायत २० राष्ट्रका महिला खेलाडीहरु सम्मिलित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us