

काठमाण्डु, ८ कात्तिक– नेप्से २६ सय अंकबाट पनि माथि चढेको छ । अघिल्लो दिन २७ दशमलव ५१ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पुनः ८७ दशमलव ६३ अंकले बढेर २६ सय ७२ दशमलव २५ अंकमा चढेको हो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ६१ अंकले बढेर पाँच सय चार दशमलव ५७ अंकमा पुगेको छ । दुई सय २९ वटा कम्पनीहरुको ५३ हजार सात सय ९२ पटकको कारोबारमा ८३ लाख ९५ हजार आठ सय ६४ कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम चार अर्ब ३० करोड ८८ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३७ दशमलव चार अंकले बढेर १८ सय ४३ दशमलव २८ अंकमा पुग्दा जलविद्युत समूहको सूचक पनि दुई सय दशमलव ८२ अंकले बढेर २८ सय ५४ दशमलव १० अंकमा पुगेको ।
निर्जीवन बिमा समूहको सूचक पनि चार सय ६७ दशमलव छ अंकले बढेर ११ हजार नौ सय ८९ दशमलव ७६ अंकमा पुग्दा जीवन बिमा, विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचकहरु पनि उच्च अंकले बढेका छन् ।