बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७८ कार्तिक ८ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनाचाँदी व्यवसायी महासंघका गत आइतबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत सोमबार तोलामा ३०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने सोमबार तोलामा ५ रुपैयाँले बढ्दै एक हजार २६५ रुपैयाँ कारोबार भइरहेको महासांघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us