२६.३६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

काठमाण्डु टुडे २०७८ कार्तिक ८ गते १२:२३ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– चालू आर्थिक वर्ष २०७८/७९ को असोज महिनासम्ममा २६.३६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार अघिल्लो वर्षको असोज महिनामा बीमाको पहुँच २२.१६ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

यस अवधिमा जीवन बीमालेख संख्या २० प्रतिशतले बढेको छ । यस्तै, कुल निर्जीवन बीमालेख ०.१९ प्रतिशतले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us