राष्ट्र बैंकद्वारा ५ अर्ब ६० करोडको ट्रेजरी बिक्रीको आह्वान

काठमाण्डु टुडे २०७८ कार्तिक ७ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक–  नेपाल राष्ट्र बैंकले पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

यसअघि यही कात्तिक एक गते पनि राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । जारी मिति कात्तिक नौ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।

बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको तीन अर्ब ६० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ रहेको छ । सोमध्ये ९१ दिने ट्रेजरीकाे परिपक्व हुने अवधि २०७८ माघ ११ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ कात्तिक आठ गते तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us