टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते ११:२३ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । सारजाह क्रिकेट स्टेडियममा हुने पहिलो चरणको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा आयरल्यान्डले नामिबियासँग दिउँसो पौने ४ बजे खेल्ने छ ।

आजै हुने दोस्रो खेलमा बेलुका पौने ८ बजे श्रीलंका र नेदरल्यान्ड्स खेल्ने छन् । श्रीलंका ‘सुपर १२’ मा पुगिसकेको छ भने नेदरल्यान्ड्स प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us