नेप्सेको उच्च वृद्धिमा लाग्यो ब्रेक

काठमाण्डु टुडे २०७८ कार्तिक ४ गते १६:११ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– साताको सुरुवाती तीन कारोबार दिन उच्च अंकले घटेर बुधबार ६० अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने घटेको छ ।

नेप्से आज १४ दशमलव ७ अंकले घटेर २५ सय ५६ दशमलव ९५ अंकमा झरेकामा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६५ अंकले घटेर चार सय ८३ दशमलव ३९ अंकमा झरेको छ ।

दुई सय १६ वटा कम्पनीहरुको ३६ हजार सात सय ६२ पटकको कारोबारमा आज ६१ लाख छ हजार चार सय ५२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार चार सय ६० रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज अन्य र सामूहिक लगानी कोष समूहको सूचक बढेर बाँकी समूहहरुको सूचक उच्च अंकले घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव पाँच अंकले घटेर १७ सय ९९ दशमलव ३५ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि २३ दशमलव ४६ अंकले घटेर ११ हजार चार सय ७९ दशमलव ७४ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय पाँच दशमलव २५ अंकले घटेर १४ हजार तीन सय ४७ दशमलव २८ अंकमा झरेकामा विकास बैंक, जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र लगानी समूहको सूचकहरु पनि घटेका छन् ।

आज मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १६ सय ९५ रुपैयाँ १० पैसामा कारोबार हुँदा जोशी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८७ प्रतिशतले घटेर दुई सय ८२ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज सानिमा बैंकको प्रतिकित्ता चार सय ८८ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा २७ करोड १२ लाख ९७ हजार ६ सय नौ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us