गिनिज बुकको आधा भाग हामीले गरेको कामले भरिन्छ : ओली

काठमाण्डु टुडे २०७८ कार्तिक ३ गते १५:४० मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गिनिज बुकमा नाम लेख्ने धेरै काम गरेको दावी  गरेका छन् ।

बुधबार पार्टीको वागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने– ‘गिनिज बुकको आधा भाग त हामीले गरेको कामले भरिन्छ । दुई यो एमाले हो क्या एमाले । गिनिज बुकमा लेख्ने कुरा कति छन् कति ?’ उनले भने, ‘दुईपटक किड्नी फेरेर पनि प्रधानमन्त्री बन्ने र उस्तै स्वस्थ हुने मान्छे पनि नेपालमै ।’

एकैपटक ६ सय भन्दा बढी स्वास्थ्य चौकी एकैपटक शिलान्यासदेखि २१० वटा बाटो एकैदिन शिलान्यास गरेको ओलीले चर्चा गरे । ‘त्यसकारण त एमाले चाहिन्छ । काम गर्न एमाले चाहिन्छ’, ओलीको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us