नेप्सेमा भिषण पहिरो : ६९ अंकले घट्दा २ अर्ब ९६ करोडको सेयर किनबेच

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक–  नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन १७ दशमलव ५९ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार ६९ दशमलव ५१ अंकले घटेर २५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेर ४ सय ८४ दशमलव ९३ अंकमा झरेको छ । नेप्सेमा आज २ सय १८ वटा कम्पनीहरुको ४० हजार ४ सय एक पटकको कारोबारमा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा टेडिङ समूहको १८ दशमलव ९४ अंकले बढेर बाँकी समूहको सुचक उच्च अंकले घटेका छन् ।

सो मध्ये वाणिज्य बैंक समूहको सूचक ३८ दशमलव १३ अंकले घटेर १८ सय २४ दशमलव छ अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक १ सय ६६ दशमलव ९५ अंकले घटेर ४ हजार ६ सय ९१ दशमलव ३५ अंकमा पुगेको छ । निर्जिवन बिमा समूहको सुचक पनि ४ सय २७ दशमलव ७ अंकले घटेर ११ हजार पाँच सय ७२ दशमलव ८९ अंकमा पुगेको छ भने जीवन बिमा समूहको सूचक पनि ३ सय ५८ दशमलव १ अंकले घटेर १४ हजार छ सय ८५ दशमलव ९६ अंकमा पुगेको छ ।

यीबाहेक होटल तथा पर्यटन, जलविद्युत, फाइनान्स, उत्पादनमुलक, अन्य लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि घटेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एशिया डेभलपमेन्ट फण्ड २०८३ को प्रतियुनिट सेयर मूल्य २ प्रतिशतले बढेर एक हजार ५६ रुपैयाँ ७० पैसामा कारोबार हुँदा बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर ३ सय १० रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us