सुनको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक – नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us