काठमाण्डु, ३१ असोज– दशैंको लामो बिदा पछि खुलेको सेयर बजार आज पहिलो दिननै बढेको छ । सेयर बजार परिसुचक (नेप्से) आज १७ दशमलव ५९ अंकले बढेर २६ सय ५६ दशमलव ९६ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज तीन दशमलव १७ अंकले बढेर चार सय ९७ दशमलव ३९ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय १८ वटा कम्पनीहरुको २१ हजार तीन सय २८ पटकको कारोबारमा ४७ लाख ६० हजार दुई सय ९५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४९ करोड ७३ लाख ७५ हजार तीन सय ७१ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा सामुहिक लगानी कोष समूहको सूचक शुन्य दशमलव१ १ अंकले घटेर बाँकी समूहरुको सूचक उच्च अंकले बढेका छन् ।
ति मध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव२ ४ अंकले बढेर १८ सय ६२ दशमलव १९ अंकमा पुगेकोमा विकास बैंक समूहको सूचक पनि ६५ दशमलव ५४ अंकले बढेर ४८ सय ५८ दशमलव ३० अंकमा पुगेको छ । निर्जिवन बीमा समूहको सूचक पनि एक सय २२ दशमलव ४७ अंकले बढेर ११ हजार नौ सय ९९ दशमलव ९७ अंकमा पुग्दा जीवन बीमा समूहको सूचक पनि एक सय १२ दशमलव ६३ अंकले बढेर १५ हजार ४३ दशमलव ९७ अंकमा पुगेको छ ।
यि बाहेक ट्रेडिङ, होटल तथा पर्यटन, जलविद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुवित्त र लगानी समूहरुको सूचक पनि बढेका छन् । आज बढी कमाउने कम्पनीहरुको सुचीमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ९७ प्रतिशतले बढेर १३ सय ५० रूपैयामा कारोबार हुंदा सिटिजन्स म्युचुअल फण्ड २ को प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेर १० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १४ सय ८२ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ३२ लाख ६७ हजार दुई सय १४ रुपैयाँ ७० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।