काठमाण्डु, ३१ असोज– आइसिसी टी– २० विश्वकप आजदेखि सुरू हुँदैछ। युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।
विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३ः४५ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।
यीमध्ये चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’को उपविजेता यस समूहमा रहने छन् ।
त्यस्तै, समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहने छन् । समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ ।