२३ अंकले घट्यो नेप्से, ३ अर्ब ६३ करोडको काराेबार

काठमाण्डु टुडे २०७८ असोज २५ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, २५ असोज– आज सोमबार पनि नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन १८ दशमलव ५३ अंकले घटेको नेप्से आज पुुन २३ दशमलव १९ अंकले घटेर २६ सय ३९ दशमलव ३७ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५६ अंकले घटेर चार सय ९४ दशमलव २२ अंकमा पुगेको छ । दुई सय १९ वटा कम्पनीहरुको ४४ हजारा चार सय ६२ पटकको कारोबारमा ९३ लाख १४ हजार सात सय ८० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक बढेर बाँकी ११ वटा समूहको सूचक उच्च अंकले घटेका छन् ।

तीमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव २५ अंकले घटेर १८ सय ५५ दशमलव ९५ अंकमा झरेकोमा जलविद्युुत समूहको सूचक पनि ३२ दशमलव ९३ अंकले घटेर २७ सय २८ दशमलव ९२ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि ७८ दशमलव ९६ अंकले घटेर ११ हजार आठ सय ७७ दशमलव ४९ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि ४१ दशमलव छ अंकले घटेर १४ हजार नौ सय ३१ दशमलव ३४ अंकमा पुगेको छ ।

यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लघुवित्त समूहहरुको सूचक पनि घटेका छन् । आज ग्लोवल आईएमई समुन्नत योजना १ को प्रतियुनिट सेयर मुल्य नौ दशमलव ९० प्रतिशतले बढेर २१ रुपैयाँ ६५ पैसामा सेयर कारोबार हुँदा महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ७६ प्रतिशतले घटेर पाँच सय ७६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १४ सय ५० रुपैयाँ अन्तिम मुल्यमा १७ करोड १३ लाख ८५ हजार तीन सय १८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us