सुनको मूल्यमा सामान्य गिरावट

काठमाण्डु टुडे २०७८ असोज २५ गते ११:४८ मा प्रकाशित

काठमाण्डु, २५ असोज– साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घट्दै गर्दै उता चाँदी को मूल्य २५ रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ पुगेको हो ।

यता छापावाला सुनको मूल्य भने गत आइतबारको तुलनामा एक सय रुपैयाँले घट्दै आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत आइतबार सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us