आईपीएलः चेन्नई फाइनलमा प्रवेश

काठमाण्डु टुडे २०७८ असोज २५ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, २५ असोज– आईपीएलमा दिल्ली क्यापिटललाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा चेन्नईले दिल्लीलाई चार विकेटले हराएको हो ।

अब चेन्नईले फाइनल खेल्नेछ । यता दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

यता १७३ रनको लक्ष्यका साथे मैदान पसेको चेन्नईले दुई बल बाँकी रहँदै छ विकेट गुमाएर लक्ष्य पुरा गरेपछि उसले फाइनलमा स्थान बनाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us