नेप्से परिसूचक १८ अंकले घट्यो, ४ अर्ब ४९ करोडको कारोबार

काठमाण्डु टुडे २०७८ असोज २४ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, २४ असोज– साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से घटेको छ । नेप्से आज १८ दशमलव ५३ अंकले घटेर २६ सय ६२ दशमलव ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९६ अंकले घटेर चार सय ९९ दशमलव ७८ अंकमा पुगेको छ ।

दुई सय २० वटा कम्पनीहरुको ५४ हजार एक सय २३ पटकको कारोबारामा ७२ लाख ५१ हजार सात सय ४४ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम चार अर्ब ४९ करोड ८० लाख ४३ हजार पाँच सय ८१ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा तीनवटा समूहको सूचक बढेर १० वटा समूहको सूचक घटेका छन् । सोमध्ये जीवन बिमा समूहको सूचक पनि ७३ दशमलव ८६ अंकले बढेर १४ हजार नौ सय ४० दशमलव ५९ अंकमा पुग्दा फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् ।

वाणिज्य बैंक समूहको सूचक भने छ दशमलव ३३ अंकले घटेर १८ सय ७२ दशमलव २० अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ५३ दशमलव ३१ अंकले घटेर ११ हजार नौ सय ५५ दशमलव ८९ अंकमा पुगेको छ ।

यीबाहेक विकास बैंक, जलविद्युत, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

आज सर्पोट लघुवित्त वित्तीय संस्थाको प्रतितिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर २८ सय ४४ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा शिवम सिमेन्टको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ४६ प्रतिशतले घटेर १३ सय ३२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us