काठमाण्डु, २२ असोज– प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्री र राष्ट्रपतिबीच शितलनिवासमा भेटवार्ता भएको हो।
प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। नयाँ मन्त्रीहरूको सपथसम्बन्धी कानुनी प्रश्नबारे प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग कुराकानी गरेको स्रोत बताएको छ ।