थप २०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ असोज २२ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, २२ असोज– साताको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले महँगिन पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार थप २०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ६०० रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै वृद्धि हुँदै ९० हजार १५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने आज शुक्रबार गत बिहीबारकै मूल्य कायम रहँदै अस्थिर रहेको महासंघले जनाएको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us