नेपालमा पहिलो पटक एलबिटी भलिबल प्रतियोगिता दशरथ रङ्गशालामा असोज २२ गते

काठमाण्डु टुडे २०७८ असोज २० गते १६:४९ मा प्रकाशित

काठमाण्डु, २० असोज– समावेशी मन्च नेपालले असोज २२ गते यौनिक तथा लैगिक अल्पसंख्यक महिला समलिंङ्गि, द्विलिंगि र ट्रान्सम्यान (एलबिटी)को एक दिने राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपालमा पहिलो पटक दशरथ रंगशालाको कभर्ड हलमा २२ असोजको शुक्रबार प्रतियोगिता आयोजना गरिने जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै समावेशी मन्च नेपालकी अध्यक्ष दिलु बुदुजा (बद्री पुन)ले समाजमा विभिन्न थरीका व्यक्ति र समुह रहेको बताइन् । उनले भनिन्, ‘समाज रहेका कति व्यक्तिले हाइफाइ जीवन व्यतित गरेका छनु भने कोही ओझेलमा परेका छन् ।’

ओझेलमा परेका समलिंगीकोबिच प्रतियोगिता गर्ने र उनीहरुको क्षमता अभिवृद्धि गर्न उनले लागेको बताइन् । पछि परेका सम्ुदायका व्यक्तिहरुलाई अगाडि बढाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न खोजेको उनको भनाई थियो । समाजमा रहेको खाडललाई समानता ल्याउनको लागि आफूहरुले प्रयास गरेको जानकारी दिइन् । समाज र परिवारको कारण समलिंगीहरुले आत्महत्या गरिरहेको उल्लेख गरिन् । कार्यक्रम सम्पन्न गर्न सबैलाई सहयोग गर्न अपिल गरिन् ।

आफ्नो संस्थाले स्थापनाकालदेखि नै नेपालैभरी छरिएर रहेका यौकिक तथा अल्पसंख्यक वर्गका सामाजिक, सास्कृतिक मौलिक हक अधिकार मानव अधिकार र आर्थिक सशक्तिकरण र उत्थानको लागि क्रियाशिल रुपमा कार्य गर्दै आइरहेको स्पष्ट पारिन् ।

विश्वभरी फैलिएको यो काभिडको महामारीमा धेरैको रोजगार खोसिएको साथै स्वास्थ्य उपचार समेत गर्न नपाई आधारभुत आवश्यकता समेत पुर्ति गर्न नसक्दा मानसिक रुपले पीडित भई केहीले आत्महत्या समेत गरेको बताइन् ।

मानसिक, शारिरीक तथा सामाजिक स्वास्थ्यमा पुर्नताजगि गराई समाजमा मर्यादित, सम्मानित र स्वस्थ्य जीवन जिउनको लागि उत्पेरणा दिने उद्देश्यले प्रतियोगिता गर्न लागेको बताए । नेपाल टेलिभिजनका कार्यक्रम निर्माता नेहा शर्माले यौनिक तथा अल्पसंख्यक वर्गका समलिंगीहरुलाई सहयोगार्थ कार्यक्रममा पत्रकारहरुको न्युन उपस्थिति हँुदा चिन्ता व्यक्त गरिन् ।

समावेशी मञ्च नेपालले गरेको कार्यक्रम अत्यन्तै राम्रो र उपयोगी हुने बताइन् । उनले लैगिक यौनिकको कारण धेरैले रोजगार गुमाउन समेत परेको सुनाइन् । पछाडी परेका समलिंगिहरुलाई क्रियाशील बनाउन, मनोबल उच्च राख्न र उर्जाशिल बनाउने कार्यक्रम गरेको भन्दै समावेशी नेपाललाई धन्यवाद दिइन् ।

उच्च मनोबल लिएर प्रतियोगितामा भाग लिन प्रतियोगीहरुलाई आग्रह गरीन् । भलिबल तालिम लिइरहेकी सुशान्त दनुवारले समावेशी मञ्च नेपालले अवसर दिएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन् ‘धेरै प्रतिभा भएका साथीहरुको त्यो स्थानमा लैजाने बाटो थिएन् आज समावेशी मञ्च नेपालले अवसर दिएको छौ, अत्यन्तै हर्षित र उत्साही छौ ।’ सबै प्रतियोगीहरु निकै खुशी भएको बताइन् । आगामाी दिनमान पनि यस्तै खाले कार्यक्रमको आयोजना गर्न पनि आग्रह गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us