सेयरबजारमा ६८ अंकको उछाल, चार अर्ब ५० करोडको सेयर किनबेच

काठमाण्डु टुडे २०७८ असोज २० गते १५:५५ मा प्रकाशित

काठमाण्डु, २० असोज– नेप्सेको उच्च वृद्धिदरले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४१ अंकले बढेको नेप्से आज पुन ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ७२ अंकले बढेर पाँच सय चार दशमलव ७३ अंकमा पुगेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको ५५ हजार तीन सय ८५ पटकको कारोबारमा आज ८१ लाख ८९ हजार आठ सय ९० कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम चार अर्ब ५० करोड छ लाख ५८ हजार एक सय ४२ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहरुको सूचक बढेर नेप्से पुरै हरियो देखिएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २३ दशमलव २३ अंकले बढेर १८ सय ७८ दशमलव ५५ अंकमा जलबिद्युत समूहको सूचक पनि ९२ दशमलव ५८ अंकले बढेर २७ सय ९५ दशमलव तीन अंकमा चढेको छ ।

निर्जिवन बीमा समूहको सूचक पनि चार सय छ दशमलव ६५ अंकले बढेर १२ हजार पाँच दशमलव ९२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय ५७ दशमलव २४ अंकले बढेर १४ हजार आठ सय ६६ दशमलव ७३ अंकमा चढेको छ । यि बाहेक विकास बैंक, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।

यसैगरी आज सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको प्रतिकित्ता तीन सय ९८ रुपैयाँ अन्तिम मूल्यमा २३ करोड चार लाख ३७ हजार नौ सय २७ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

आज किसान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १४ सय ९८ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा सेयर कारोबार हुंदा रिडी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने दुई दशमलव १६ प्रतिशतले घटेर छ सय ८३ रुपैयाँ ९० पैसामा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us