सुनको भाउ बुधबार ४०० ले घट्यो

काठमाण्डु टुडे २०७८ असोज २० गते ११:३६ मा प्रकाशित

काठमाण्डु, २० असोज – मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो ।

गत मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तर, यता चाँदीको मूल्य भने तीन दिन यताकै निरन्तर बुधबार पनि स्थिर रहँदै प्रतितोला एक हजार १६० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने तोलामा ४०० रुपैयाँले नै बृद्धि हुँदै आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us