थप ६७९ जनामा कोरोना संक्रमण, १४०५ संक्रमणमुक्त

काठमाण्डु टुडे २०७८ असोज १७ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, १७ असोज –पछिल्लो २४ घण्टामा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन् ।

बितेको २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा ९ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् ।

हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us