सुनको भाउ बढ्यो

काठमाण्डु टुडे २०७८ असोज १५ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, १५ असोज – आज नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ ।

हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ ।

हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us