सुनचाँदी दुबैको मूल्यमा गिरावट

काठमाण्डु टुडे २०७८ असोज १२ गते ११:२९ मा प्रकाशित

काठमाण्डु, १२ असोज – मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ ।

महासंघका अनुसार आज घटेको मूल्य अनुसार सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

 तेजाबी सुनको मूल्य भने गत सोमबारको मूल्यमा नै तीन सय रुपैयाँले गिरावट आउँदै ८८ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us