मोना अमेरिकाको स्थापनासँगै अध्यक्षमा रघु सुवेदी निर्वाचित

काठमाण्डु टुडे २०७८ असोज ११ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, ११ असोज –म्याग्दी प्रवासी नेपाली संघ(मोना ) अमेरिकाको स्थापनासँगै अध्यक्ष पदमा रघु सुवेदी निर्वाचित भएका छन् ।

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सेप्टेम्बर २६ का दिन आयोजित कार्यक्रममा मोना अमेरिकामा विधिवत रुपमा स्थापितसँगै अमेरिकाको लागि अध्यक्ष पदमाा रघु सुवेदी, महा सचिवमा सुभाष भण्डारी, कोषध्यक्षमा रक्षा बानियाँ केसी लगायत बिभिन्न पदमा विभिन्न राज्यहरुबाट निर्वाचित भएका छन् ।

सेवा,समर्पण र स्थायित्व,मातृभूमि प्रति हाम्रो दायित्व नामक मूल नारा सहित सन् २००७ मा स्थापित उक्त संस्थाको विश्वका २७ देशहरुमा समिति निर्माण छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us