पार्टनरसिपको विवाद चर्किए पछि अदालत अगाडि नै खुकुरी प्रहार

काठमाण्डु टुडे २०७८ असोज १० गते १६:२४ मा प्रकाशित

काठमाण्डु, १० असोज – एक इँटा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार भएको छ ।

काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि उनकै पार्टनर विराटनगर–६ का २५ वर्षीय विमल कार्कीले आइतबार दिउँसो लामालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए । पार्टनरसिपको विवाद चर्किँदै गएपछि कार्कीले लामामाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखीएका र घटनाबारे थप अनुसान्धान भइरहेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us