झापा ८ असोज – मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ जना मजदुरलाई कारखानामै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।
मेचीनगर नगरपालिका–८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ जना मजदुरलाई स्वास्थ्यकर्मीहरुले कारखानामै पुगेका एस्ट्राजेनेकाको खोपको पहिलो मात्रा लगाइदिएका हुन् ।
नगरपालिकाले आइतबारदेखि वडास्तरीय खोप अभियान शुरु गर्ने भएको छ । अभियानमा यातायात व्यवसायी, खेलाडी, क्यासिनो, होटलमा कार्यरत मजदुर, व्यवसायी, मनि चेञ्जर, कुरियर, होम डेलिभरी कृषि परियोजना, ग्यारेज, पार्लर सैलुन, गुरुकुल, कृषि, पशु फर्म, मदरसा, मठ, मन्दिर र गुम्बामा रहने व्यक्तिलाई प्राथमिकतामा राखेको जनाइएको छ ।