प्रतितोला ५०० रुपैयाँ घट्यो सुनको मल्य

काठमाण्डु टुडे २०७८ असोज ७ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, ७ असोज– नेपाली बजारमा बिहीबार सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११६५ रुपैयाँ थियो । आज ११५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us