विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाण्डु टुडे २०७८ असोज ५ गते १४:५९ मा प्रकाशित

काठमाण्डु, ५ असोज– राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ । त्यसअघि बैठकमा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us