निफ्राले शेयर धनीलाई पहिलो पटक ८.५ प्रतिशत लाभांश दिने घोषणा

काठमाण्डु टुडे २०७८ असोज ५ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ५ असोज – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक मुनाफाबाट शेयर धनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

यस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने १ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७ – ७८ सम्मको मुनाफाबाट शेयर धनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us