वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु

काठमाण्डु टुडे २०७८ असोज ३ गते १७:३९ मा प्रकाशित

वीरगञ्ज, ३ असोज – वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय आशिषकुमार साह र १२ वर्षीय प्रितम साह हुन ।
वीरगञ्ज–१२ स्थित मुर्ली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुवै जनाको मृत्यु भएको हो । दुवै जना शुक्रबार दिउँसो घरबाट खेल्न भनी निस्किएको र अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए ।

मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको कपडा फेला परेपछि डुबेको आशंकामा उनीहरुको खोजी शुरु गरिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुकी उनीहरु पोखरीमा मृत अवास्थामा फेला परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us