सुनको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ असोज ३ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, ३ असोज –आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ ।

साताको पहिलो कारोबार आइतबारका दिन सुनको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा सुनको कारोबार हुने बताएको छ ।साथै, आइतबार चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

गत साताको शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार १५० रुपैयाँ भएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० रुपैयाँ भएको छ ।साथै,तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us