घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ भदौ ३१ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– आज नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ । हिजो यो गुणस्तरको सुनको मूल्य ९१ हजार २०० रुपैयाँ थियो । आज मूल्य घटेर ९० हजार ५०० रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँमा झरेको हो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी चार दिनयता प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us