विराटनगर, ३० भदौ– नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको पाँच दलीय गठबन्धनको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन ।
उदयपुर जिल्ला कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने क्रममा आज बिहान विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीसँगको कुराकानीमा नेम्वाङले भने, ‘देश अहिले परमादेशबाट आएको सरकारको बन्धक बनेको छ ।
यो जनताको समस्या बुझ्ने सरकार होइन्। त्यसैले यो सरकारले जनताको समस्या सम्बोधन गर्न कदाचित् सक्दैन।’