माधव नेपालले वडा सदस्य पनि जित्दैनन्ः ओली

काठमाण्डु टुडे २०७८ भदौ २९ गते १५:३९ मा प्रकाशित

झापा, २९ भदौ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालले पर्टी टुक्रयाएको हुनाले अब उनलाई जनताले भोट नदिने बताएका छन् ।

मंगलबार बिर्तामोडमा आयोजित झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताले माधव नेपाललाई किन भोट दिने भन्दै प्रश्न गरेका छन् ।

ुमाधव नेपालले वडा त के, वडा सदस्य पनि जित्दैनन्। माधव नेपाललाई जनताले भोट हाल्छन् अब? किन हाल्ने, एमाले फुटाएको हुनाले? एमाले टुक्र्याएको हुनाले? चोइट्याएको हुनाले? के कारणले माधव नेपालाई भोट हाल्ने?ु, उनको प्रश्न थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us