सोमबार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ भदौ २८ गते ११:४८ मा प्रकाशित

काठमाण्डु,२८ भदौ– साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य तीन सयको रुपैयाँले बढेको छ । गत आइतबार बजारमा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको हो ।

यस्तै, आज यता चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत आइतबार चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

यता तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले नै वृद्धि हुँदै सोमबार ९० हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us