आइतबार घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ भदौ २७ गते ११:०३ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै सस्तिँदै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us