पेरु क्रान्तिका नायक गोञ्जालोको निधन

काठमाण्डु टुडे २०७८ भदौ २७ गते ८:१९ मा प्रकाशित

एजेन्सी– पेरुका क्रान्ति नायक अबिमेल गुजमान (गोञ्जालो) को निधन भएको छ ।

आजीवन काराबास सजाय पाएका उनको ८६ वर्षको उमेरमा जेलमै निधन भएको हो । गोञ्जालो करिब २० वर्षदेखि पेरुको जेलमा थिए । पेरुमा गोञ्जालोको नेतृत्वमा १९८१ बाट सुरु भएको सशस्त्र क्रान्ति विजयको सन्निकट पुगेर धक्का खाएको थियो । पेरु कम्युनिष्ट पार्टी (साइनिङपाथ) को नेतृत्वमा त्यहाँ जनयुद्ध भएको थियो ।

माक्र्सवादी दर्शनका प्रख्यात विद्वान गोञ्जालो साइनिङथापका अध्यक्ष थिए । साइनिङपाथले पेरुका धेरै स्थानमा आफ्नो कब्जा जमाइसेकका बेला १२ सेप्टेम्बर १९९२ मा गोञ्जालो राजधानी लिमा नजिकैबाट पक्राउ परे । गोञ्जालो पक्राउ परेको सात वर्षपछि अर्थात सन् १९९९ सम्म पेरुमा गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित जनयुद्ध सञ्चालन भयो ।

भोसियत संघको विघटनपछि पेरुमा भएको उक्त क्रान्ति अन्तिम समयमा आएर मुख्य नेता पक्राउपछि असफल भयो । संसारभरका कम्युनिष्टहरुले गोञ्जालोलाई आदर्श मान्ने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us