काठमाण्डु, २५ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट सम्बन्धी अध्यादेश संसद बैठकमा पेस गरेका छन्।
अर्थमन्त्री शर्माले पेस गरेको अध्यादेश सभामुख अग्नि सापकोटाले निर्णयार्थ पेस गरेका छन् ।
सभामुख सापकोटाले निर्णयार्थ पेस गरेको बजेट सम्बन्धी अध्यादेश सदनबाट स्वीकृत भएको समेत घोषणा गरेका छन्।