शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७८ भदौ २५ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– नेपाली बजारमा हिजोको तुलनामा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहीबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १२१५ रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us