एमसीसी उपाध्यक्ष काठमाण्डुमा

काठमाण्डु टुडे २०७८ भदौ २४ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आएकी छन् ।

नेपालमा एमसीसी सम्झौताबारे विवाद बढिरहेका बेला उनको भ्रमण भएको हो । सत्तारुढ र विपक्षी दलभित्रै एमसीसीबारे पक्ष र विपक्षमा बहस जारी छ । सरकारले सम्झौताका प्रावधान संशोधनका लागि ११ बुँदामा एमसीसी मुख्यालयसँग प्रष्टीकरण मागेको थियो । तर, अमेरिकाले एमसीसीका प्रावधान संशोधन गर्न नसकिने जवाफ पठाएको छ । यद्यपि एमसीसी अमेरिकी सैन्य गठबन्धनसँग सम्बन्धित नरहेको जवाफ नेपालले पाएको छ ।

सुमार चार दिन नेपाल बस्ने कार्यतालिका छ । त्यस क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, अर्थमन्त्री जनार्दन शर्मासहितका नेता भेट्ने कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us