बढ्यो सुनचाँदीको मूल्य

काठमाण्डु टुडे २०७८ भदौ २० गते १२:०८ मा प्रकाशित

काठमाण्डु, २० भदौ– साताको पहिलो दिन नेपाली बजारमा सुनकोचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।

योसँगै आज बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार २३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता आज तेजबी सुनको मूल्य समेत ६०० रुपैयाँले नै बढ्दै ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us