कपिलवस्तु,१७ भदौ– कपिलवस्तुमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर–९ बवनपुरवा निवासी रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो । टेवल पङ्खा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।